काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासंघले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासंघका अध्यक्ष र प्रतिनिधिसँग छलफल गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासंघले विगतमा उठाउँदै आएका विषयलाई दुई पक्षीय संवादमार्फत समाधान गर्ने विषयमा कुराकानी भएको थियो…