जनकपुर । भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ रिलिज भएको छ । मधेश प्रदेशका कलाकार र जनकपुरधामका धार्मिक स्थलहरूमा छायांकन गरिएको यो गीत मंगलबार जनकपुरधाममा रिलिज गरी प्रिमियर गरियो । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा उक्त गीतको प्रिमियर गरिएको हो । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा…