काठमाडौं । हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा व्रतमध्ये एकादशीको विशेष स्थान रहेको छ । त्यसमध्ये पनि निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ । भगवान विष्णुप्रति समर्पित यो व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभई आत्मसंयम, अनुशासन, स्वास्थ्य र सांस्कृतिक जीवनशैलीसँग समेत जोडिएको छ । ज्योतिष तथा पण्डित विदुर लोचन…