काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण घरपरिवार, जीविकोपार्जनका साधन तथा अत्यावश्यक पूर्वाधारसमेत प्रभावित भएका छन्।…