काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले…