काठमाडौं । सरकारले निजामती कर्मचारीसँग सम्बन्धित संगठनका कार्यालय हटाउनेदेखि सेवा अवधि र उमेर हदका आधारमा कर्मचारीलाई अवकाश दिने तयारी अघि बढाएपछि कर्मचारीतन्त्रभित्र असन्तुष्टि बढ्न थालेको छ। सरकारले एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको भवन खाली गराएर काठमाडौं जिल्ला प्रशासन कार्यालय सार्ने तयारी गरेको छ। त्यसैगरी राष्ट्रिय कर्मचारी संगठनको कार्यालय रहेको भवनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को…