सरकारले करदातालाई प्रोत्साहित गर्ने नाममा १५ जना करदातालाई जनही १ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँसम्मको ‘बम्पर उपहार’ दिने नीति अघि सार्नु आफैंमा बहसको विषय बनेको छ। कर तिर्ने नागरिकलाई सम्मान र प्रोत्साहन गर्नु सकारात्मक उद्देश्य हुन सक्छ। तर प्रश्न के हो भने—कर प्रणालीप्रतिको नागरिकको विश्वास बढाउने सही बाटो उपहार हो कि करको…