काठमाडौ। तुँदी पावर कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता आईपीओ निष्कासन गर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। सम्झौतापत्रमा तँुदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल तथा कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले हस्ताक्षर गरे। तुँदी पावरले म्याग्दीमा चिमखोला राहुघाट मंगले (३५.५ मे.वा.) र माथिल्लो राहुघाट (४८.५ मे.वा.) जलविद्युत आयोजना निर्माण गरी…